कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

बैठकमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ५-७ मिनेटको समय निर्धारण गरिएको छ।

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजेदेखि बस्न लागेको हो।

 मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा १० एजेन्डा प्रस्तुत गरेका थिए। बुधबार ४० केन्द्रीय सदस्यहरूले धारणा राखे भने छ प्रदेशका सभापतिहरूले प्रदेशको रिपोर्टिङ गरेका थिए। आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यतालिका छ।

बैठकमा मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधि, केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन, संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत भएको थियो। 

बैठकमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ५-७ मिनेटको समय निर्धारण गरिएको छ। बैठकमा बोल्ने धेरैजसो नेताहरूले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.