मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिता हुँदै

मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिता हुँदै
सुन्नुहोस्

झापा : बी ब्रोस इन्टरटेन्डमेन्टले मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिता आयोजना गर्न लागेको छ। कला साहित्य र मनोरञ्जन सम्बन्धी विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आइरहेको बी ब्रोसले विश्वकर्मा समुदायभित्र रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले मिस्टर एन्ड मिस पूर्वाञ्चल प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका प्रबन्ध निर्देशक सञ्जय विकले जानकारी दिए। 

बी ब्रोसले शुक्रबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रबन्ध निर्देशक विकले प्रतियोगिताका बारेमा जानकारी गराएका हुन्। 

प्रतियोगितामा भाग लिने इच्छुक प्रतियोगीका लागि अनलाइन फारम खुलिसकेको जानकारी गराउँदै उनले प्रतियोगितामा सहभागी हुनेलाई भदौ १० गतेबाट तालिम प्रदान गरिने र ग्रेन्ड फिनाले भदौ २६ गते दमकमा आयोजना गरिने बताए। 

प्रतियोगितामा प्रदेशभरिका १४ वटा जिल्लाका विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवायुवतीले सहभागिता जनाउन पाउने कार्यक्रमका प्रदेश इन्चार्ज राज दियालीले बताए। 

प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित १० लाख रुपैयाँ खर्च लाग्ने र सो रकम आफ्नै समुदायबाट सङ्कलन गरिने प्रदेश इन्चार्ज सञ्जीव गजमेरले बताए। 

प्रदेश फिनालेबाट छनौट भएका प्रतियोगीले सन २०२४ मा काठमाडौँमा हुने सिजन– ३ को ग्राण्ड फिनालेमा सहभागिता जनाउने पाउने प्रदेश अडिनेटर सरूँ गदालले बताइन्। 

पूर्वाञ्चल मात्र नभई सातै प्रदेशबाट छनौट भएकाहरू सोजै ग्राण्ड फिनालेमा सहभागी हुने उनको भनाइ छ।  पूर्वाञ्चल मिस्टर तथा मिस हुनेलाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्युजिक भिडियो र मोडलिङमा अवसर पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.