भ्रष्टाचारविरुद्ध रास्वपा घण्टी बजाउँदै आएको छ : रवि लामिछाने

भ्रष्टाचारविरुद्ध रास्वपा घण्टी बजाउँदै आएको छ : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध रास्वपा घण्टी बजाउँदै आएको बताएका छन्। सोमबार सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको दाबी गरेका हुन्।

उनले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने व्यक्ति पार्टीमा जोडिने क्रम जारी रहेको बताए। उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र विभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको बताए। लामिछानले आगामी चुनावसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे। 

उनले सुदूपश्चिमलाई सधैं दुर्गम बनाउन नहुने बताए। उनले बिरामी पर्दा काठमाडौंका जनताले जस्तै स्वास्थ्य सेवा पाउँछन् सुदूरपश्चिमका जनता सेवा पाउने बनाउनुपर्ने धारणा राखे। उनले सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.