झापा : झापाको खुदुनाबारी–शनिश्चरे सडक खण्ड अवरुद्ध बनेको छ। अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका-७ स्थित जीर्ण बनेको पक्की पुलको पूर्व पट्टिको भागमुनिको दुवै पंखा बगाएर क्षति पुर्याएको छ।
जीर्ण अवस्थामा रहेको पक्की पुलको पंखामा बाढीले क्षति पुर्याउँदा पुलमाथिबाट आवागमन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पुलको दुवैतर्फ बाँसको ढाँट लगाएर सडक बन्द गरिएको छ।
प्रहरी चौकी शनिश्चरेका प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा खटिएका ६ जना प्रहरीको टोलीले स्थानीयवासीसँग समन्वय गरी बाँध बाध्ने काम भइरहेको डीएसपी रिजालले बताए।
बिरिङमा पानीको बहाव बढेर खोलाले धार परिवर्तन गरी दक्षिणी दिशा तर्फ मोडिएर कटान गरी आउँदा पुलमा क्षति पुगेको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
५