विषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने रास्वपाको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले केही विषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले क्षमताले भ्याएसम्मको समितिको सभापतिमा उम्मेद्वारी दिने र अन्य समितिका विषयमा आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रममा सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेको उनले बताए। बैठकमा संसद बैठकमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने र देश र जनताको मुद्दालाई उठाउनका निरन्तर छलफल गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !