संगठन निर्माणमा एमाले

एमाले लुम्बिनी प्रदेशको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

एमाले लुम्बिनी प्रदेशको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

बुटवल : नेकपा एमालेले पहिलो पटक प्रदेश कमिटीको अधिवेशन शुरु गरेको छ। लुम्बिनी प्रदेशबाट एमालेको प्रथम प्रदेश अधिवेशन शुरु हुन लागेको हो।

संघीयता कार्यान्वयनपछि पार्टीहरुका प्रदेश कमिटीहरु गठन भएका छन्। लुम्बिनी प्रदेश कमिटी गठनपछिको पहिलो अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ।

अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आएका छन्।

 nullअधिवेशनमा केन्द्रीय उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मासहितका नेताहरु बुटवलमा आएका छन्।

दुई दिन चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाहरुबाट १ हजार ४ जना प्रतिनिधिहरु बुटवलमा आएका छन्। एमालेले अधिवेशनबाट २ सय ५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ। यसअघि प्रदेश कमिटीमा ५ सय ७६ जनालाई मनोनयन गरिएको थियो। 

अधिवेशन पूर्व बुटवलमा शक्ति प्रदर्शन गर्ने तयारी एमालेको छ। एमाले प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले बुटवलको राजमार्ग चौराहाबाट झाँकीसहितको जुलुस सम्मेलनस्थलतर्फ जाने बताए। 
अधिवेशनका लागि रुपन्देहीबाट १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ८३ जना प्रतिनिधि छनौट भएका छन्। त्यस्तै जनसंगठनबाट ८३ जना प्रतिनिधि बुटवल आएका छन्।

अध्यक्षका लागि दुई जना प्रतिष्पर्धामा देखिएका छन्। वर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरि रिजालको अध्यक्षमा उम्मेद्वारी रहने बताइएको छ। यद्यपि सर्वसम्मत नेतृत्वका लागि पहल हुने केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए। ‘लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ, एमालेभित्र कुनै समूह निर्माण नभई सबै एक ढिक्का हुन्छ', उनले भने।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.