नवलपरासीबाट स्रोत नखुलेको २० लाखसहित दुईजना पक्राउ

नवलपरासीबाट स्रोत नखुलेको २० लाखसहित दुईजना पक्राउ
सुन्नुहोस्

परासी : नवलपरासीको सरावल गाउँपालिका– ७ भूजहवाबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नेपालीसहित दुई जनालाई भूजहवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।

नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले बताए। 

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र सोही ठाउँका गफ्फार राइन कुजडा रहेका छन्। कम्मरले पेटीमा बाँधेर लुकाएर ल्याएको अवस्थामा दुई जनाबाट बरामद भएको रकममा १ हजार १९० थान हजार र १ हजार ६२० थान पाँच सयका नोट रहेका छन्। पक्राउ परेका व्यक्तिमध्येका गुप्ताले आफूलाई दाईले कारोबारको रकम लिन पठाएको प्रहरी समक्ष बताएका छन्।

पक्राउ स्थलबाट १ कि.मि. दुरीमा रहेको एक गल्ला (धान, गहुँलगायतका खाद्य सामाग्री खरिद गर्ने पसल) व्यवसायीसँग रकम लिन पठाएकाले सोही रकम लिएर आएको गुप्ताले बताएको प्रहरीले जनाएको छ। पक्राउ परेको स्थल भारतीय सीमा नजिक हो। सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँबाट कारोबार हुने गर्दछ। सीमा क्षेत्रमा नेपाल र भारतीय व्यापारीहरुबीच व्यापारीक कारोबार हुने गरेको छ। उक्त रकम भारतीय व्यापारीबाट नेपाली व्यापारीले ल्याएको हुन सक्ने आशंका गरिएको छ।

यद्यपी सीमा क्षेत्रमा हुण्डीको कारोबार हुने र लागुऔषध ओसारपसारका लागि पनि उक्त रकम ल्याएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.