एमाले बागमती अधिवेशन : मतदाता नामावली प्रकाशन, मनोनयन दर्ताको तयारीमा नेताहरु

एमाले बागमती अधिवेशन : मतदाता नामावली प्रकाशन, मनोनयन दर्ताको तयारीमा नेताहरु
मतदाता नामावली हेर्दै नेता/कार्यकर्ता। तस्बिर : पुस्कर भट्टराई

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत आजबाट निर्वाचनको प्रक्रिया सुरु गरेको छ। निर्वाचन कार्यक्रम बुधबार बिहानदेखि सुरु भएको हो। निर्वाचन कार्यक्रम केन्द्रीय कार्यालय च्यासलमा भइरहेको अध्यक्ष मण्डलका सदस्य एव स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए। 

null

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। एमालेले बागमतीमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ। 

null

निर्धारित समयभन्दा ढिला गरी एमालेले मतदाता नामावली प्रकाशन गरेको छ। २ बजेपश्चात उम्मेदवारको मनोनयन हुने  बताइएको छ। आजै उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र विद्युतीय मेसिनमा नामावली राख्ने गरी तालिका तय छ। निर्वाचन बिहीबार ११ बजेबाट मतदान हुनेछ। ्


अधिवेशनमा ११६५ प्रतिनिधि चयन भएका छन्।  मतदातामा नामावलीमा धेरै दाबी विरोध आएपश्चात उम्मेदवारी मनोनयनमा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ। एमालेले सोमबार भृकुटीमण्डपमा अधिवेशनको उद्‌घाटन र मंगलबार प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र गरेको थियो। नयाँ नेतृत्वको लागिम मतदान ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा गर्ने भएको छ।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशवराज पाण्डे, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेललगायतले दाबी गरेका छन्। निर्वाचन भएमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच अध्यक्षमा मुख्य प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन्।

null

‘विभिन्न चरणमा छलफल र सहमतिको प्रयास जारी छ। सहमति हुँदा नयाँ नाम पनि आउन सक्ला।’बागमती प्रदेशका निवर्तमान एक पदाधिकारीले भने,‘तर निर्वाचन हुँदा रामेछापका कैलाश ढुंगेल र मकवानपुर कृष्णप्रसाद दाहालबीच मुख्य प्रतिस्पर्धा हुने देखियो। निर्वाचन हुने संकेत पाएपश्चात अन्य नेताहरु ब्याक हुन थाल्नुभएको छ। हेरौं आज उम्मेदवारी दर्ताको कार्यतालिका पनि आइसकेको छ। ’

मंगलबारको बन्द सत्रले राजनीतिक सांगठनिक तथा आगामी कार्ययोजना प्रतिवेदन प्रतिवेदन पारित गरेको छ । यस अघि एमालेले लुम्बिनी प्रदेशमा पनि सचिव निर्विरोध र अन्य मुख्य पदमा निर्वाचनबाटै मुख्य नेतृत्व चयन गरेको थियो।

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.