डाक्टरमाथि भइरहेको दुर्व्यवहार बन्द गर्न अध्यक्ष ओलीको आग्रह

डाक्टरमाथि भइरहेको दुर्व्यवहार बन्द गर्न अध्यक्ष ओलीको आग्रह
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिकित्सकमाथि भइरहेका दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन्। उपत्यकालगायत  विभिन्न जिल्लामा चिकित्सकमाथि दुर्व्यवहार भइरहेको घटना सार्वजनिक भएपछि अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन्।

 बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले चिकित्सकलाई सम्मान र  सहयोग गर्नुपर्न बताएका छन्।

'मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महशुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरूलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ -डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पोखराको मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन्। स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

सुरक्षाको माग गर्दै चिकित्सकहरूले  काठमाडौंको माइतीघर मण्डलामा आज पनि विरोध जनाएका छन्। चिकित्सकमाथि आक्रमण गर्नेहरूमाथि कारबाही नगरेसम्म काममा नफर्कने उनीहरूले चेतावनी समेत दिएका  छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.