वालिङका १२ स्वास्थ्य संस्थाको एकैसाथ उद्घाटन

वालिङका १२ स्वास्थ्य संस्थाको एकैसाथ उद्घाटन
तस्बिर : भवानी अधिकारी
सुन्नुहोस्

स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार स्याङ्जामा एकैपटक १२ वटा स्वास्थ्य संस्थाको उदघाटन गरेका छन्। सोही अवसरमा मुख्यमन्त्री पाण्डेले विधुत्तीय स्वास्थ्य व्यवस्थापन प्रणालीको पनि शुभारम्भ गरे। 

वालिङ् नगरपालिका १२ शिर्शेकोटस्थित दह पोखरीमा नवनिर्मित स्वास्थ्य संस्थाको उद्घाटन गरे। त्यसपछि उनले भर्चुअल माध्यमबाट अन्य ११ वटा वडामा निर्मित स्वास्थ्य संस्थाको एकैपटक उदघाटन गरेका हुन्। उदघाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामितामा राखेको बताए। 

गरिब, विपन्न, महिला, बालबालिका र जेष्ठ नागरिकका स्वास्थ्य उपचारमा सरल नीति अवलम्बन गरेको जानकारी गराए। नसर्ने रोगका उपचारका लागि आर्थिक सहयोग एवं निशुल्क उपलब्ध गराएको उनले बताए। 

उनले भने,‘सबै नागरिकलाई स्वास्थ्य सेवा र उपचारमा सरल र सहज पहुँच पुरयाउनेगरी प्रादेशिक सरकार लागि परेको छ। यसका निम्ति आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा समेत ध्यान दिनेछ।’ 

चौध वडा रहेको वालिङ नगरपालिकाका एकैपटक १२ वटा स्वास्थ्य चौकीको उदघाटन गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी गराए।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंम्खडा,उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति तिवारी, आर्थिक विकास समिति संयोजक एवं सांसद भोजराज अर्याल, वालिङ नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कबिता तिवारी, प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा,वडा अध्यक्ष विश्वजंग गुरुङले नागरिकका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको उचित व्यवस्थापनसहित प्रदेश सरकारले काम गर्दै आएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.