जनकपुरधाममा तिहारको रमझम (फोटोफिचर)

जनकपुरधाममा तिहारको रमझम (फोटोफिचर)
तस्बिर : गोविन्द महतो

जनकपुरधाम : महर्षि जनकको पूण्यभूमि, माता जानकीको पवित्र जन्मस्थलका रूपमा परिचित जनकपुरधाम चाडबाडको समय थप उल्लासमय देखिन्छ। 

पर्यटकीय चहलपहल बढिरहँदा धार्मिक उत्सवहरूले शहरलाई थप गुल्जार बनाइरहेको छ। पौराणिक र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणिमण्डप र स्वर्गद्वार जस्ता सम्पदा रहेको जनकपुरमा अहिले तिहारको रमझम देखिन्छ।

मानिसहरू धार्मिक स्थलको दर्शनका साथै किनमेलमा व्यस्त छन्। साँझ अबेरसम्म नै बजार क्षेत्र चलायमान रहन्छ। बजारका व्यवसायीहरूले अरू सामानहरूभन्दा तिहारका लागि आवश्यक पर्ने सामानको व्यापार बढी भएको बताउँछन्।

null

हिन्दूहरूको दोस्रो ठूलो चाड दिपावली तथा लक्ष्मीपूजाको किनमेलका लागि बजार क्षेत्रमा भीड लागेको छ। जनकपुरको मुख्य बजार क्षेत्र, भानुचोक, शिवचोक, जनकचोक, जानक मन्दिर, राम मन्दिर, पेठिया बजार, महावीर चोक लगायतको क्षेत्रमा किनमेल गर्नेहरूको चहलपहल बढेको देखिन्छ। 

लक्ष्मीपूजामा आवश्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् जसका कारण मुख्य मुख्य बजार क्षेत्रमा चहलपहल बढ्दो मात्रामा छ। सधैं भरि भीडभाड हुने राजधानी जनकपुरको मुख्य बजार क्षेत्रमा चाडबाडको बेलामा छिरिनसक्नु भीड हुने गर्दछ। घरयासी प्रयोजनका लागि सामान जस्तै भाँडाकुडा लत्ता कपडा, गरगहना सबै एकै ठाउँमा पाइने र बजार भएको कारणले पनि यो क्षेत्रमा बढी मात्रामा भीडभाड हुने गरेको व्यापारी अजय चौधरीको भनाइ छ।

खास गरी तिहारमा रिमझिम, फूलमाला, टिका, रङगोलिको लागि रङहरू सेलका लागि किसमिस, फलफूल, माटोका भाँडाकुडा, लत्ताकपडा, सजावटका सामानहरू बढी मात्रमा व्यापार हुने स्थानीय व्यापारी जय शाहले बताए।

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.