छठपर्वको तेस्रो दिन आज साँझ खरना मनाउँदै

छठपर्वको तेस्रो दिन आज साँझ खरना मनाउँदै
फाइल तस्बिर।
सुन्नुहोस्

महोत्तरी (गौशाला) : आस्था भक्ति र निष्ठापुर्वक घरघरमा मनाईने छठपर्वको तेस्रो दिन आज साँझ खरना मनाउँदै छ। सबैभन्दा कठोर एवम निष्ठापूर्वक मनाइने छठ पर्वको तेस्रो दिन साँझमा खरना मनाउने भएका छन्। 

दिनभरि निराहार उपवास बस्ने व्रतालुहरु साँझ घरमा सख्खर र दुधमा तयार पारिएको चावलको खिर भगवानलाई चढाई खरना पर्व मनाउने भएका छन्। भगवानलाई अर्पण गरिएको खिर प्रसाद स्वरुप स-परिवार ग्रहण गर्ने गरिन्छ। 

आजका दिन युवाहरु मिलेर छठ मनाइने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफा गर्ने चलन रहेको छ। तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ। 

त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्ध भन्ने गरिन्छ।  व्रतालु निराहार ब्रत बसि साँझमा अस्ताउदो सुर्यलाई घरमा तयार पारिएको ठकुवा भुसुवा, मिठाई प्रकारहरु, नौवैद्य, फलफूल सामग्री, नरिवल, केरा लगायतका पूजा सामग्रीहरु शुद्धि गरि नजिकै रहेको जलाशयमा गएर अर्घ्य दिने चलन रहेको छ। त्यस्तै पूजा सामग्रीको रुपमा केराको घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन समेत रहेको छ। यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अध्र्यस्वरुप पुनः सन्ध्या अर्घ्य झै एकाविहानै उदाँउदो सूर्यलाई अध्र्य देखाएर व्रतको समापन गर्ने गरिन्छ। 

छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पूर्ण होस् भनेर भाकल राखेका हुन्छन् र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ। छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.