महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापतिमाथि आक्रमण गर्ने तीनजना पक्राउ

महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापतिमाथि आक्रमण गर्ने तीनजना पक्राउ
सुन्नुहोस्

धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राईमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार क्याम्पसबाट घर फर्कने क्रममा राईमाथि आक्रमण भएको हो । 

क्याम्पसमा नि:शुल्क छात्रवृत्तिको विषयलाई लिएर एमालेनिकट अनेरास्ववियुका उमेश परिवार, नयन राई र राजेश राईको समूहले आक्रमण गरेको सभापति राईले बताए। उनले तीन जनाको समूहले खुकुरी लिएर आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको उनको आरोप छ। साथीहरूले आक्रमणकारीहरुलाई समातेकाले आफू बचेको उनले बताए । राईले आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.