सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
सुन्नुहोस्

बुटवल : सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको हो। बुटवलमा गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका-११ मजुवाका शेखर पोखरेलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। 

काठमाडौंको ट्रमा सेन्टरमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। गत शुक्रबार बुटवल उपमहानगरपालिका–११ स्थित पश्चिम नहरपुर क्षेत्रको बेलवास बेथरी सडकमा लु १ च ७०२४ नम्बरको बोलेरो भ्यान र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोकिँदा उनी घाइते भएका थिए। 

दुर्घटनामा परेका मालारानी गाउँपालिका-३ अर्घाखाँचीका ४५ वर्षीय शालिकराम खनालको घटनास्थलमा मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.