डोल्पामा वार्षिक परीक्षा गर्न इकाई र पालिकाका फरक–फरक सूचना

डोल्पामा वार्षिक परीक्षा गर्न इकाई र पालिकाका फरक–फरक सूचना
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पामा वार्षिक परीक्षा सञ्चालन गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहले फरक फरक सूचना जारी गरेका छन्।

डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकाले कक्षा १ देखि १० सम्मको वार्षिक परीक्षा सञ्चालन मंसिर २६ गते गर्ने निर्णय गरेको छ। त्यसैगरी तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकाले मंसिर २१ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।

तर, शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत्रमा मात्र वार्षिक परीक्षा सञ्चालन गर्न गराउन परिपत्र गरेको छ।

ठुलिभेरी नगरपालिका र काइके गाउँपालिकाले इकाईले जारी गरेको सूचना अनुसार नै आगामी चैत्रमा १० कक्षासम्मको वार्षिक परीक्षा सञ्चालन गर्ने बताएका छन्। इकाई प्रमुख दलबहादुर बस्नेतले सरकारको नीतिगत व्यवस्था अनुरुप नै आगामी चैत्रबाट परीक्षा सञ्चालन गर्न गराउन परिपत्र जारी गरेको बताए। ‘केन्द्रको निर्देशन अनुसार नै इकाईले सूचना जारी गर्छ, सबै पालिकाका शिक्षा प्रमुखहरूलाई पनि मौखिक समन्वय पनि गर्छु तर स्थानीय तहले परिपत्र विपरीत परीक्षा सञ्चालन गर्छन्’, बस्नेतले गुनासो गरे।

‘कोभिड महामारी यता देशभर एकैपटक वैशाखमा मात्र शैक्षिक सत्र सुरु हुने र चैत्रमा अन्त्य हुने गर्छ,पाठ्यपुस्तक पनि त्यही अनुसार छपाइ हुन्छ, तर डोल्पामा भने कतिपय स्थानीय तहले मंसिरमै वार्षिक परीक्षा सकेर फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्छन्।’

संघीय इकाईका रूपमा रहेको इकाई र स्थानीय सरकारबीच उपयुक्त समन्वय नहुँदा वार्षिक परीक्षा सञ्चालन, सरुवा लगायतका कुरामा समस्या हुने गरेको बताइएको छ। यता त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीमबहादुर थापाले मंसिर २६ गतेदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए।

‘डोल्पा हिमाली जिल्लामा पर्ने भएकाले पुष माघ गरेर ४५ दिन चिसो बिदा हुन्छ,यस अवधिमा विद्यार्थीले पढेको कुरा बिसर्न सक्ने भएकाले सधै पुस पहिलो सातासम्म परीक्षा सक्ने गछौँ’ थापाले भने। त्रिपुरासुन्दरीमा फागुन पहिला साताभित्रै विद्यालय खुलेर पठनपाठन सुरु हुने उनले बताए।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा भने एक महिनाअघि नै वार्षिक परीक्षा सम्पन्न गरेर बिदा भइसकेको छ। कात्तिकदेखिनै उपल्लो डोल्पामा भारी हिमपात हुने र अत्यधिक चिसो बढ्ने भएकाले अहिले बन्द भएका विद्यालयहरू एकैपटक वैशाखमा खुल्ने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.