महाधिवेशनको मिति सार्ने तयारीमा एकीकृत समाजवादी, सचिवालय बैठक सोमबार बस्दै

महाधिवेशनको मिति सार्ने तयारीमा एकीकृत समाजवादी, सचिवालय बैठक सोमबार बस्दै
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न सोमबार सचिवालय बैठक बोलाएको छ। उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा महाधिवेशनको मिति, अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने छ।

यसैगरी माघमा हुने भनिएको महाधिवेशन राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति चयन गर्ने विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको उनको भनाई छ।

पार्टीको आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.