अनि घट्छ मुद्दा ‘हेर्न नभ्याइने’ अवस्था...
सर्वोच्च अदालतमा दैनिक मुद्दा पेसीमा चढ्ने तर हेर्न नभ्याइने अवस्था सदावहार समस्या झैं भएको छ। पेसी चढ्ने तर सुनुवाइ हुन नसक्ने समस्याले सेवाग्राहीले समयमा न्याय पाउन सक्दैनन्। समाधानका केही उपाय यस्ता हुन सक्छन्–
- १.पुराना मुद्दाको चाप घटाउन ध्यान दिनुपर्छ। कानुन संशोधन गर्नुपर्ने भएमा त्यसतर्फ कानुन मन्त्रालय र कानुन सुधार आयोगले पहल गर्नुपर्छ।
- २.अहिले अदालतमा विनियोजित बजेट अत्यन्तै न्यून छ। वृद्धि गर्नुपर्छ।
- ३.न्यायाधीशले पेसीमा चढेको मुद्दा शीघ्र टुंग्याउनै पर्छ। बहस व्यवस्थापनमा प्रभावकारी रूपमा हुनुपर्छ।
- ४.बार बेन्चबीच सहयोग, समन्वय गरेर शीघ्र सुनुवाइको व्यवस्था गर्नुपर्छ।
- ५.अमेरिका र भारतमा भइरहेको राम्रा अभ्यासहरू अनुकरण गर्नुपर्छ।
- ६.न्यायालयप्रतिको जनआस्था बढाउन सबै पक्ष र सरोकारवालाहरू संवेदनशील हुनुपर्छ।
(मिश्र, पूर्वप्रधानन्यायाधीश हुन् ।)
प्रतिक्रिया दिनुहोस !