![बाबाले भन्थे...](https://annapurnapost.prixacdn.net/media/albums/dance_90Bp3s8N7U_XjFNeZ3ibw.jpg)
बाबाले भन्थे नि मानिस ठूलो
शक्ति र शाली नि आफूलाई ठान्नु
आउने छ समय बलवान् बनी
पन्छी झैं उडेर मेरा बाबा पन्छी झैं उडेर।
मानिस भित्र नि सद्भाव बढ्छ
अहम्ता छोडेर मेरा बाबा अहम्ता छोडेर।
विवेकशील बनी नि अगाडि बढ्नु
मुसुक्क हाँसेर मेरा बाबा मुसुक्क हाँसेर।
ईष्र्या र क्लेस नि हटेर जान्छ
पिरति गाँसेर मेरा बाबा पिरति गाँसेर।
मनको सागरमा पौडेर हेर्नु
सौन्दर्य भेटिन्छ मेरा बाबा सौन्दर्य भेटिन्छ।
समाजभित्र नि ऐनाको रूपमा
आफूलाई देखिन्छ मेरा बाबा आफूलाई देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)