लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लागौं : ओली

‘बिजुलीको लाइन काटेर सरकारले उद्योगीलाई तर्साउन खोज्यो’

लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लागौं : ओली
सुन्नुहोस्

ओलीले अहिले सरकारको दोहारो चरित्र देखा परेको र वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको आरोप लगाए।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लाग्नु पर्ने जोड दिएका छन्। पार्टीले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्राका विषयमा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताएका हुन्। 

उनले लोकतन्त्र व्यापक प्रणाली र संघीयता त्यसको एउटा पक्ष भएको बताए। यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ। उनले जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको भन्दै राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको जिकिर गरे। 

ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको बताए। विकासका निम्ति विभिन्न सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पारे।  नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताए। 

एमालेले सुशासनको आवाज उठाउँदै आएको भन्दै एमाले नेतृत्वको सरकारमा पनि समृद्ध नेपाली सुखी नेपाली आकांक्षाका नारा पूरा गर्ने गरि काम गरेको उनले बताए। ओलीले अहिले सरकारको दोहारो चरित्र देखा परेको र वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको आरोप लगाए। ओलीले प्रचण्ड नेतृत्वको सरकारबाट विकासको कल्पना गर्न पनि नसकिने बताए। 

ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको सन्दर्भमा भूगोल र जनताको मागका विषयमा सरकारसँग गम्भीर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले उद्योगी व्यवसायीलाई तर्साउन खोज्यो

ओलीले सरकारले पैसा उठाउने नाममा बिजुलीको लाइन काटेर उद्योगी व्यवसायीलाई तर्साउन खोजेको आरोप लगाए। उनले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोजेको बताए। ओलीले उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत् बन्द गर्ने काम उचित नभएको उल्लेख गरे। 

ओलीले युवाहरु देशमा नबस्ने र जनसंख्या नै बसाइ सर्ने ठूलो चुनौती रहेको उल्लेख गरे। उनले युवालाई विदेश पलायन हुनबाट रोक्न कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे।  उनले भने,‘सबैभन्दा ठूलो चुनौती युवाहरु देशमा नबस्ने, बसाइ सर्ने छ, युवाहरु नभएपछि दुर्गमा ठाउँमा को बस्छ र ?’

एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गरेको थियो।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.