फेवाताल किनारमा चल्दै सडक महोत्सव

फेवाताल किनारमा चल्दै सडक महोत्सव
सुन्नुहोस्

पोखरा : अंग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गर्न फेवाताल किनारमा बिहीबारदेखि २५औं संस्करणको सडक महोत्सव सुरु भएको छ। नेपाल झल्कने विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गर्दै फेवा किनारमा महोत्सव सुरु भएको हो। 

फेवा किनारको चार किलोमिटर क्षेत्र यतिबेला ध्वजापताकाले शृंगारिएको छ। ताल किनारको तीन किलोमिटर क्षेत्रमा विभिन्न सांस्कृतिक झाँकी, कन्र्सट, गीतसंगीतको अवलोकन गर्दै विभिन्न खानाका परिकार पस्किने व्यवस्था गरिएको छ। महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने बताए। प्राकृतिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा महानगरपालिका लाग्ने पनि मेयर आचार्यले बताए। सडक महोत्सवको उद्घाटन कार्यक्रममा साहित्य, संस्कृति, गीत, संगीत, कला, संरक्षणलगायत विभिन्न क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएका व्यक्तिलाई सम्मान पनि गरियो। 

रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा हुँदै आएको महोत्सवमा स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटक सहभागी हुने आयोजकको विश्वास छ। पोखरा र अन्नपूर्ण पदयात्रामा आउने पर्यटकलाई पोखरामै नयाँ वर्ष मनाउने रमाइलो वातावरण बनाउन २४ वर्ष अघिदेखि महोत्सव हुने गरेको हो। २५औं संस्करणको महोत्सव विभिन्न जातजातिको नेपाली कला संस्कृति एकै ठाउँमा पस्केर विशेष रूपमा मनाउने गरी उद्घाटन भएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए। 

पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले सुरु भएको सडक महोत्सव पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुँदै गएको महोत्सवका संयोजक विश्वराज पौडेलले बताए। सडक महोत्सवमा विदेशी पर्यटकको भन्दा स्वदेशी पर्यटकको भीड बढी हुने गरेको छ। पछिल्लो समयमा भारतीय पर्यटक पनि महोत्सवकै लागि आउने गरेका छन् भने एक्याप क्षेत्रको पदयात्राका लागि आएका पर्यटक पनि पोखरामा हुने नयाँ वर्ष महोत्सवमा रमाउने गर्छन्। 

सन् २०२३ लाई बिदाइ र २०२४ लाई स्वागत गर्ने गरी रजत संस्करण पुस १२ देखि १६ गतेसम्म चल्ने रेवानका महासचिव विकास भट्टराईले बताए। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो। महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत मनोरञ्जनात्मक गतिविधि सुरु भएको छ। 

उद्घाटन कार्यक्रममा रुकुमबाट आएका सांस्कृतिक समूहले प्रस्तुत गरेको मयूर नृत्य, सिन्धुली जिल्लाबाट आएको १० महिला सहभागी नौमती बाजा, पाल एवम् नाम्याल गुम्बा माध्यमिक विद्यालयको सांस्कृतिक झाँकी, मगर, गुरुङ, तामाङलगायत विभिन्न जातजातिको सांस्कृतिक झाँकीले पर्यटकलाई निकै आकर्षित गरेको थियो।

भजन, चुट्का, गीतसंगीतले महोत्सस सांगीतिक मय भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.