मकवानपुरमा एनसेलले विद्युत महशुल नतिरेपछि ६ वटा टावरको लाइन काटियो

मकवानपुरमा एनसेलले विद्युत महशुल नतिरेपछि ६ वटा टावरको लाइन काटियो

हेटौंडा : मकवानपुरको थाहा नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महशुल नतिरेका कारण एनसेलको ६ वटा टावरको लाइन काटेको छ। लामो समयसम्म महशुल नतिरिएको कारण विद्युत लाइन काटिएको पालुङ प्राधिकरणले जनाएको हो।

पालुङ प्राधिकरणको अनुसार बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्ख तथा कुन्छालमा रहेका ६ वटा टावरहरुको लाइन काटिएको हो।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाइनको वक्यौता लगातार ५ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो। पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन्। 

उक्त टावरहरुको ७ लाख ५३ हजार वक्यौता बुझाउन बाँकी रहेको कारण बढी वक्यौता भएका ६ वटा टावरको लाइन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए।

एनसेललाई पनि वक्यौता बुझाउन पटक-पटक भनिएको भए पनि वक्यौता महशुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महशुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने पनि प्रमुख न्यौपानेको भनाइ छ।

वक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुबाट ९० लाखभन्दा बढी बक्यौता रकम उठाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.