संस्थागत विद्यालयका ७८२ विद्यार्थीलाई छात्रवृत्ति

संस्थागत विद्यालयका ७८२ विद्यार्थीलाई छात्रवृत्ति
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले संस्थागत (निजी) विद्यालयमा अध्ययनरत ७ सय ८२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

महानगरमा रहेका विभिन्न संस्थागत विद्यालयका कक्षा ९ र ११ का गरी ७८२ जना विद्यार्थीलाई महानगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो।

महानगरले छात्रावृत्तिका लागि सिफारिस गरेको पत्रका आधारमा सम्बन्धित विद्यालयले पूर्ण नि:शुल्क अध्यापन गराउनुपर्ने छ। महानगरले कक्षा ९ मा १९० जना र कक्षा ११ मा ५९२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए।  

शुक्रबार त्रिजुद्ध माविमा आयोजित कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले विद्यार्थीहरूलाई छात्रवृत्ति पत्र वितरण गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.