रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता

रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच आज भेटवार्ता भएको छ।  चिनियाँ राजदूत सोङले पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेसहितका सांसदहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय वनस्थलीमा भेट गरेका हुन्।

भेटमा पार्टीले गरेको ३ दिने दबाब यात्रा, पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका विषयमा कुरा भएको रास्वपाले जनाएको छ ।null

उनीहरुले सडक निर्माण थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे कुराकानी भएको छ। आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका छन्।

भैटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायत थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.