टीआरसी विधेयकमा सहमति नजुटे प्रक्रियामा जाऔं : लेखक
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले टीआरसी विधेयकमा सहमति जुटाएर संसदमा पेश गर्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले आगामी संसद अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको टीआरसी विधेयक पेस गर्नुपर्ने बताएका हुन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कसैले डर मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
लेखकले सहमति नजुटे एग्री टू डीसएग्री भएर अघि बढ्नुपर्ने प्रस्तावसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
३