दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्छ : सहरी विकासमन्त्री
काठमाडौं : सहरी विकासमन्त्री सीता गुरुङले दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्ने बताएकी छन्।
डिप्लोमा इन्जिनियर्स एसोसिएसनले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले दिगो अर्थतन्त्रलाई स्थापित गर्न र दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्ने र यसका लागि प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुने बताएकी हुन्।
उनले मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर कार्यान्वयनका लागि सबै पालिकाहरूमा पठाइए पनि प्रभावकारी ढंगले लागू हुन नसकेको धारणा राखिन्। उक्त विषयमा नगरपालिका गाउँपालिका महासंघसँग बुझ्दा प्राविधिकको कमीका कारण कार्यान्वयनमा समस्या देखिएको पाइएको उनले बताइन्।
उनले सरकारले बनाएका नीति नियम कार्यान्वयन गर्न कुनै न कुनै रुपमा आधार बसाल्नका लागि निष्कर्षमा पुग्नुपर्ने उल्लेख गरिन्। मन्त्री गुरुङले आयोजनाको अनुगमन र मूल्याङकनलाई प्रभावकारी बनाउन नसके र अभिलेखिकरण गर्न नसके विकासलाई द्रुत गतिमा फड्को मार्न नसकिने जिकिर गरिन्।
प्रतिक्रिया दिनुहोस !