चिसो बढेपछि वीरगन्जका विद्यालयहरू थप तीन दिनका लागि बन्द

चिसो बढेपछि वीरगन्जका विद्यालयहरू थप तीन दिनका लागि बन्द
सुन्नुहोस्

वीरगन्ज : चिसो घट्नुको सट्टा झन बढ्दै गएपछि वीरगन्ज महानगरपालिका विद्यालयहरू थप तीन दिनका लागि बन्द गरिएको छ। तराई–मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाइ बढी सास्ती भएको छ। 

चिसो बढेपछि विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएपछि वीरगन्ज महानगरपालिकाले यसअघि पुस २३ देखि पुस २९ गतेसम्म महानगरका सम्पूर्ण विद्यालयहरू बन्द गरेको थियो।

सोमबार माघ १ गते सार्वजनिक विदापछि माघ २ गतेदेखि पठनपाठन सुचारु हुने भनिए पनि चिसो झन् बढ्नुका साथै शीतलहर पनि चल्न थालेपछि महानगरपालिकाले माघ २ गते मंगलबारदेखि माघ ४ गते बिहीबारसम्म थप तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको महानगरको शिक्षा समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए।

माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवसको सार्वजनिक विदा दिइएको र माघ ६ गते शनिबार परेकाले अब महानगरका विद्यालयहरू माघ ७ गतेदेखि मात्रै नियमित रुपमा सञ्चालनमा आउने यादवले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.