मन्त्री बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्ष दलले गरे संसद बैठक अवरोध

मन्त्री बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्ष दलले गरे संसद बैठक अवरोध
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दलले संसद बैठक अवरोध गरेका छन्। अख्तियारमा बयान दिएका मन्त्री र बालकुमारी घटनामा संलग्न मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमाले, रास्वपा र राप्रपाका सांसदले संसद बैठक अवरोध गरेका हुन्। 

नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले भ्रष्टाचार मुद्दामा अख्तियारमा बयान दिइसक्दा पनि पदबाट राजीनामा नभएको भन्दै प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका हुन्।

विपक्षी दलहरुले ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले भौतिक मन्त्री प्रकाश ज्वालाकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकाल्दा पनि कारवाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेतामा विराजभक्त श्रेष्ठ, राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले पनि विवादमा परेका स्वास्थ्य मन्त्री, गृहमन्त्री, पर्यटन मन्त्री र भौतिक पूर्वाधार मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

सांसदले उठेर विरोध गरेपछि बैठकमा सभामुख देवराज घिमिरेले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएपछि बैठक सञ्चालन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.