आइसीसी क्रिकेट विश्वकप लिग-२

ब्याटिङ धर्मराउँदा नेपाल कमजोर स्थितिमा, नेदरल्यान्डको कसिलो बलिङ

ब्याटिङ धर्मराउँदा नेपाल कमजोर स्थितिमा, नेदरल्यान्डको कसिलो बलिङ
तस्बिर : क्यान

काठमाडौं : आईसीसी मेन्स सीडब्लुसी लिग टुअन्तर्गतको नेदरल्यान्डविरुद्धको खेलमा नेपाल कमजोर स्थितिमा पुगेको छ। काठमाडौंको त्रिवि क्रिेकेट मैदानमा जारी खेलमा ४० ओभर समाप्तिसम्म नेपालले ७ विकेट क्षतिमा मात्र १३० रन बनाएको हो।

नेपालका इनिङ सम्हालेर ब्याटिङ गरिरहेका कुशल भुर्तेल ६६ रन बनाएर आउट हुँदा नेपालको ब्याटिङ धरमराएको छ। पहिलो इनिङमा भुर्तेलबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन्।

भुर्तेलले ९३ बल खेल्दा ८ चौका प्रहार गरे। नेपालका लागि आशिफ शेखले १७, कप्तान रोहित पौडेलले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आशिफले २ चौका र १ छक्का तथा रोहितले २ चौका प्रहार गरे। अनिल साहले १ छक्का प्रहार गर्नबाहेक अन्य खेलाडीले बाउन्ड्रि प्रहार गर्न सकेनन्।

टस जितेर बलिङ रोजेको नेदरल्यान्डका लागि बलरहरुले कसिलो बलिङ गरिरहेका छन्। पहिलो विकेट ४२ रनमा झारेयता नेदरल्यान्डले नेपाली ब्याटरहरुलाई खुलेर ब्याटिङ गर्न दिएका छैनन्।

नेदरल्यान्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले २–२ विकेट तथा भानडर मेर्वे र बस डिलिडेले १–१ विकेट लिए।

यो समाचार तयार पर्दासम्म आरिफ शेख र गुल्सन झा क्रिजमा छन्। शेखले सम्हालिँदो ब्याटिङ गर्दै ३३ बलमा ११ रन तथा झाले ८ बलमा २ रन बनाएका छन्।

यसअघिको खेलमा नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ। जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेलको हो। लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्यान्ड १–१ खेल जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.