मिटरब्याज पीडितका समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

मिटरब्याज पीडितका समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं : सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा  तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रण लागि तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्न  आयोगलाई सुझाव दिइएको छ। आयोगको सदस्यमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र छन्।

यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो। सो आयोगले समस्या समाधान नगरेको भन्दै मिटरब्याज पीडितहरू पैदल हिँडेर काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका थिए। लामो समयसम्म आन्दोलन जारी राखेका मिटरब्याज पीडित र सरकारबीच नयाँ आयोग गठन गर्ने सहमति भएको थियो।

सोही सहमतिअनुसार सरकारले नयाँ आयोग गठन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.