मालवाहक गाडीमा लागुऔषध तस्करी गर्ने दुई युवक पक्राउ

मालवाहक गाडीमा लागुऔषध तस्करी गर्ने दुई युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मालवाहक पिकअप गाडीमै लागुऔषध तस्करी गर्ने दुई जनालाई ठूलो परिमाणमा लागुऔषधसहित वीरगन्जको नगवाबाट प्रहरीले पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिबार बेलुकी वीरगन्ज महानगरपालिका-१६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३-००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागुऔषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

बरामद लागुऔषधसहित गाडीका चालक वीरगन्ज महानगरपालिका-२० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाउँका २० वर्षीय राजन यादवलाईपनि नियन्त्रणमा लिइएको थापाले जानकारी दिए। लागुऔषध र गाडीसहित नियन्त्रणमा लिइएको दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.