एमडी र ल्याब प्रमुखलाई रिहा गर्न माग गर्दै स्वास्थ्यकर्मीको प्रदर्शन

एमडी र ल्याब प्रमुखलाई रिहा गर्न माग गर्दै स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगन्ज : प्रहरीले पक्राउ गरेका वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई रिहा गर्न माग गर्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले प्रदर्शन गरेका छन्। 

सोमबार मेडिकल कलेजको ल्याबमा वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन गर्ने क्रममा म्याद सकिएका केमिकल लगायतका औषधि बरामद भएपछि प्रहरीले मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेका अन्सारीको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार राति नै उनलाई वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको छ। 

प्रहरीले पूर्वाग्रही भएर एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको भन्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीहरूले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन्। हातमा झाडु र पोस्टर लिएर जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेका करिब १ सय ५० जनाको संख्यामा रहेका उनीहरूले प्रहरीविरुद्ध नाराबाजी पनि गरेका छन् । एमडी अन्सारी र ल्याब प्रमुख साहलाई विना सर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ।

यसैबीच मंगलबार नै मेडिकल कलेज प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै  एमडी अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पूर्वाग्रही भएर नियन्त्रणमा लिनु अन्यायपूर्ण र अनुचित रहेकाले तत्काल दुवै जनालाई रिहा गर्न माग गरेको छ। 

मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत गौसुल आजमले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पूर्वाग्रही भएर पक्राउ गरेर लगेकाले विना शर्त रिहा गर्न माग गरेका छन्। 

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको प्रयोगशालामा छापा मारेर म्याद गुज्रिएका झण्डै ४० प्रकारका केमिकल लगायतका औषधि फेला परेपछि प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.