रसुवागढी नाकाबाट २३ तोला सुनसहित एक जना पक्राउ
रसुवा : चीनबाट अवैध रूपमा सुन ल्याउने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ का गणेश तामाङ रहेका छन्। आइतबार दिउँसो २ बजे रसुवागढी नाकाबाट २२.८५ सुनसहित उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र भन्सार कार्यालय टिमुरेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय टिमुरे पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए।