अश्लील तस्बिर सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिने पक्राउ
काठमाडौं : अश्लील गतिविधि सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिने एक जना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले सिन्धुली घर भएका ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको हो। उनी बुढानिलकण्ठबाट पक्राउ परेका थिए।
फेसबुकमा फेक आइडी बनाएर अधिकारीले रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरी सोको लागि फिजिकल फिटनेसको चेकजाच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भीडियो माग गरेको प्रहरीको भनाइ छ।
त्यसपछि आफूले भनेको नमाने फोटो/भिडियो सार्वजनिक गरिदिने भन्दै उनले पीडितलाई ब्लाकमेल गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !