मधेस प्रदेशसभामा जनमतको अवरोध

मधेस प्रदेशसभामा जनमतको अवरोध
सुन्नुहोस्

जनकपुरधाम : जनमत पार्टीले अवरोध गरेपछि मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ। कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा जनमत पार्टीका मन्त्री र सांसदमाथि आक्रमण गरिएको भन्दै छानबिन समिति गठनको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

सोमबार बसेको बैठकको प्रारम्भमै जनमत पार्टीका सांसदहरूले घटनाको उच्चस्तरीय छानबिन समिति गठन नबनेसम्म बैठक चल्न नदिने अडान राखेका थिए। जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा आफ्ना दलका मन्त्री र सांसदमाथि सुनुयोजित तरिकाले आक्रमण गरिएको आरोप लगाए। 

‘कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमतका मन्त्री र सांसदहरूलाई मुख्यमन्त्रीकै उपस्थितिमा कुटपिट गरियो,’ जनमत पार्टीका प्रवक्ता सिंहले प्रदेशसभा बैठकमा भने, ‘त्यो घटनाको छानबिनका लागि सभामुखकै नेतृत्वमा छानबिन समिति गठन गर्ने दलीय सहमति भएको थियो। समिति किन गठन भएन? नबन्दासम्म हामी बैठक चल्न दिँदैनौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.