नेपाल युएईसँग ४-० को अन्तरले पराजित

नेपाल युएईसँग ४-० को अन्तरले पराजित

साउदी : फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ। जुन ६ मा साउदी अरेबियाको दमाम शहरस्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपाल ४-० ले अन्तरले पराजित भएको  हो। 

खेलको पहिलो हाफमा युएईका लागि अलि मकहुत ले ११ मिनेटमा  पहिलो  गोल गरेका थिए भने लगतै उनले १३ मिनेटमा दोस्रो गोल  युएईलाई २-० गोलको अन्तरले अग्रता  दिलाएका थिए।

खेलको दोस्रो हाफको ५५ औ मिनेटमा  तेस्रो गोल  र ७४ औं मिनेटमा चौथो गोल गरि नेपाललाई ४-० को अन्तरले हराएको हो। खेल अबधिभर  युएईले नेपालाई  दवावमा राखेको थियो। खेल हेर्न खेलाडीलाई हौशला दिनका लागि नेपाली राजदूत  ,पर्यटन दुत लगाएत ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थित रहेको थियो थियो।

यसअघिका दुबईमा भएको अवे म्याचमा पनि नेपाल युएईसँग ४-० ले पराजित भएको थियो नेपालले अहिलेसम्म खेलेको पाँच खेलमा १८ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन  भने छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको अवे म्याच पनि साउदीमा नै  खेल्दै  छ।  

समूह ‘एच’ मा रहेको नेपालले यसअघि पनि चारै खेलमा पराजय भोगेको थियो। नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.