राजदूत फिर्ता बोलाउने निर्णयमा प्रधानमन्त्रीले भने- दुई दिन रोक्न सकिन्थ्यो, हाम्रो ध्यान गएन

राजदूत फिर्ता बोलाउने निर्णयमा प्रधानमन्त्रीले भने- दुई दिन रोक्न सकिन्थ्यो, हाम्रो ध्यान गएन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत फिर्ता बोलाउने निर्णय दुई दिन रोक्न सकिने बताएका छन्। भारत भ्रमणअघि सरकारले भारत, अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। 

भारत भ्रमणमा जानुअघि राजदूत फिर्ता बोलाएपछि प्रधानमन्त्री दाहालको चर्को आलोचना भएको थियो। प्रधानमन्त्री दाहालले आफूहरू त्यसमा चुकेको स्पष्टीकरण दिएका छन्।

भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले भने, 'राजदूत फिर्ता संयोगमात्र हो। दुई दिन रोक्न सकिन्थ्यो। तर, हाम्रो ध्यान त्यता गएन।' 

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भ्रमणका दौरान सक्रिय भूमिका खेलेको प्रधानमन्त्रीको भनाइ छ। 'उहाँले सक्रिय भूमिका खेल्नुभयो। मैले धन्यवाद दिएर आएको छु,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.