पार्टीभित्र विचारको कुनै मतभेद छैन : माधव नेपाल

पार्टीभित्र विचारको कुनै मतभेद छैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन्। सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघ(समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताए।

समाजवादलाई अघि बढाउने उद्देश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवाद उन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको धारणा राखे।

उनले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे । अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केहि विकृतिहरू पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए।

उनले आफूहरूसँग बिचार मिल्ने र सहकार्य गर्न चाहनेहरू+लाई साथ साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिँदै आएको जिकिर गरे।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने धारणा राखे । उनले महाधिवेशनमा पार्टीको विभिन्न दस्तावेजहरूलाई परिस्कृत गर्दै पारित गर्ने दावी गरे। उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए।

उनले श्रमजिवी महिलासँग पार्टी पुराउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.