रामनाथ अधिकारीको प्रश्न : स्थानीय तहलाई दिने भनिएको समानीकरण अनुदान किन रोकियो ?
काठमाडौं : सांसद रामनाथ अधिकारीले स्थानीय तहलाई दिने भनिएको समानीकरण अनुदान तत्काल निकाशा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अधिकरीले उक्त रकम तत्काल उपलब्ध गराउन माग गरे।
'आर्थिक वर्ष २०८०/०८१ मा भएको विनियोजनमा राज्यको तर्फबाट स्थानीय तहलाई दिने भनिएको समानीकरण अनुदान आजसम्म किन निकाशा हुन सकेन,'उनले भने,' रकम निकाशा नहुँदा स्थानीय सरकारहरू अत्यन्त चिन्तित छन्। यसकारण सभामुखमार्फत म नेपाल सरकारलाई समानीकरण अनुदान तुरून्त व्यवस्था गर्न र निकाशा हुनका लागि जोडदार माग गर्दुछु।'