२ करोड ७१ लाख बराबरको भेपसहित पाँचजना पक्राउ

२ करोड ७१ लाख बराबरको भेपसहित पाँचजना पक्राउ
भेपसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : अन्नपूर्ण

हेटौंडा :  मकवानपुर प्रहरीले  हेटौंडा उपमहानगरपालिका –११ थानाभर्‍याङबाट दुई करोड ७१ लाख बराबरको अवैध भेपसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ काठमाडौंबाट हेटौडाहुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसमा दुई करोड ७१ लाख २१ हजार ७ सय ८० मुल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ बस्ने २७ वर्षीय प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् । 

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत नेपाल ओहोरदोहोर गर्ने नभइ अवैध भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसधानबाट खुलेको एसपी रिजालले बताए । यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्सबटम बनाएर भेप लुकाएर राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले बससहित पक्राउ परेका पाँचैजनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.