भारतको तमिलनाडुमा विषालु मदिरा सेवन, मर्नेको सङ्ख्या ४९ पुग्यो
![भारतको तमिलनाडुमा विषालु मदिरा सेवन, मर्नेको सङ्ख्या ४९ पुग्यो](https://annapurnapost.prixacdn.net/media/albums/raksi-madira-drinks_20180919031957_C6DJGLxbNa_jJy20qNl7I.jpg)
नयाँ दिल्ली : भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन्।
तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ।
मङ्गलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ।
भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
७
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)