सरकारलाई राजेन्द्र बजगाईंको प्रश्न : तिब्बत प्रहरीले नियन्त्रणमा लिएका गोरखाका युवाहरूको अवस्था के छ ?

सरकारलाई राजेन्द्र बजगाईंको प्रश्न : तिब्बत प्रहरीले नियन्त्रणमा लिएका गोरखाका युवाहरूको अवस्था के छ ?

काठमाडौं : नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले चीनको तीब्बतमा पक्राउ परेका गोरखाका लार्के लामा र कर्मा छेदेन लामाको अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बजगाईले तिब्बत प्रहरीले नियन्त्रणमा लिएका यी दुई युवाको बारेमा यसअघिको संसदमा जानकारी गराएको भन्दै उनीहरूको अवस्थाबारे जानकारी गराउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने,'गोरखा छेकम्पारका लार्के लामा र कर्मा लामालाई चीन सरकारले नियन्त्रणमा राखिएको छ भन्ने कुरा मैले यसअघि सदनमा उठाएको थिएँ। उनीहरूको अवस्था के छ। यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'

करिब डेढ महिनाअघि तिब्बत प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका लार्के लामा र कर्मा छेदेन लामालाई तिब्बत बोलाएर नियन्त्रणमा लिएको विषय अन्नपूर्ण पोस्टले प्रकाशित गरेको थियो। सो समाचार प्रकाशितपछि गोरखाका सांसद बजगाईंले उनीहरूको खोजिनिधि गरिदिन सरकारसँग माग गरेका थिए।

नेता बजगाईले बुढिगण्डकी परियोजन निर्माणमा  सरकारले खासै ध्यान नदिएको आरोप लगाए । उनले भने,'प्रधानमन्त्रीज्यूलगायत हामी अन्यायमा परेका छौं। अर्थमन्त्रीज्यूको बुढीगण्डकी परियोजनामा धेरै चासो देखिएन भनेर गाउँलेहरूले भनिराखेका छन्। '

उनले चश्मामा लगाएको करमा पुनरावलोकन गर्न आग्रह गरे।'विशेषगरी ब्लाइन्डहरूले लगाउने चश्मामा कर लगाएको रहेछ,'उनले भने,'यसको पुनरावलोकन होस् भन्ने कुरा म जानकारी गराउन चाहन्छु।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.