धान दिवसको अवसरमा हुम्लाका ३ अगुवा कृषक पुरस्कृत

धान दिवसको अवसरमा हुम्लाका ३ अगुवा कृषक पुरस्कृत
सुन्नुहोस्

हुम्ला : धान दिवसको अवसरमा हुम्ला जिल्लाका ३ जना अगुवा कृषकहरूलाई पुरस्कृत गरिएको छ।  जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ ३ जना कृषकलाई कृषि विकास कार्यालय पुरस्कृत गरेको हो।

मुख्यमन्त्री कार्यक्रम अन्तरगत  उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको जिल्ला विकास कार्यालय हुम्लाले जनाएको छ। 

राष्ट्रिय धान दिवसको अवसरमा हुम्ला ३ जना अगुवा कृषकहरूलाई पुरस्कृत गरेको जिल्ला कृषि विकास कार्यालय हुम्लाको कार्यालय प्रमुख बखतबहादुर खडकाले बताए। खडकाका अनुसार फलफुल खेतीमा प्रथम पुरस्कार नाम्खा गाउँपालिका-१  की लामु लामा, दृतिय पुरस्कार सिमकोट गाउँपालिका-३ का ताक्ला छिरिङ लामा, तृतीय पुरस्कार चंखेली गाउँपालिका-३सका गोविन्द जैसीलाई पुरस्कार हस्तान्तरण गरेको कार्यालय प्रमुख खडकाले बताए ।

 
कृषकहरूलाई पोहत्सान गर्न हिसाबले जिल्लाका उत्कृष्ट कृषहरूलाई सम्मान गरेको खडकाले बताए।

जिल्ला भरका २५ जनाले आवेदन दिएका थिए विभित्र मापदण्डका आधारमा छनौट गरिएको खड्काको भनाइ छ। प्रथम पुरस्कार राशी ४० हजार द्वितीय पुरस्कार ३० हजार तृतीय पुरस्कार २० हजार रहेको खडकाले बताए। यसैबीच नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लालाई  कर्णाली किसनाको सम्पदा मूल्यावान लोग समेत हस्तान्तरण गरिएको छ। 

धान दिवसको अवसरमा नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा, खार्पुनाथ गाउँपालिकाा अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिका अध्यक्ष बिजय भणडारी, प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल लगायतका उपस्थिति रहेको थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.