सबैको साथले नगरपालिकाको छवि देश–विदेशमा

सबैको साथले नगरपालिकाको छवि देश–विदेशमा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

देशमा मात्र होइन हाम्रो नगरपालिकाको चर्चा परिचर्चा अहिले अन्तर्राष्ट्रिय स्तरका विभिन्न फोरमहरूमा समेत चल्दा काम गर्नका लागि बेग्लै उत्साह जागेर आउँछ। दृढ संकल्पका साथ नगरवासीहरूको सेवामा लाग्न हामीलाई उत्साह जागिरहेको छ। एकल प्रयासले मात्र देश–विदेशमा नगरपालिकालाई उत्कृष्ट बनाउन संभव पक्कै थिएन्। उपलब्धिको यो श्रेय सम्पूर्ण नगरवासीहरूलाई नै दिन चाहन्छौं। हाम्रो नगरपालिका ‘आइएसओ सर्टिफाइड’ समेत हो। एसिया प्रशान्त क्षेत्रमा रहेका नगरपालिकाहरूको अन्तर्राष्ट्रिय छाता संगठन ‘मेयर्स फर पिस र सिटिनेट’ र युनाइटेड सिटिज एन्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिकको समेत भर्खरै सदस्यता भएको छ। 

नेपाल नगरपालिका संघले देशभरका नगरपालिकाबीचमा गराएको प्रतिस्पर्धाको आधारमा २०७७ सालमा सुशासन सेवा प्रवाह र २०७८ सालमा सामाजिक विकासतर्फ उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको थियो। यी सबै सम्मान र सदस्यता आबद्धताले हामीलाई काम गर्नका लागि बेग्लै ऊर्जा थपिरहेको छ। 

निर्वाचित जनप्रतिनिधि र कार्यरत कर्मचारीहरूको एउटै मात्र उद्देश्य निःस्वार्थ रूपमा जनताको सेवा गर्नु हो। हामी त्यही मर्मबाट काम गरिरहेका हुन्छौं। अझै पनि समाजमा भौतिक पूर्वाधारलाई मात्र विकास मानिने प्रचलन छ। तर, मानवीय विकासको एजेन्डा पनि मुख्य रुपमा रहेको हुन्छ भन्ने कुरालाई हामीले अंगिकार गरेका छौं।  

(खाण, तिलोत्तमा नगरपालिका रुपन्देहीका नगरप्रमुख हुन्।) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.