क्रान्तिकारीहरूको डम्फु

क्रान्तिकारीहरूको डम्फु

नामा घाम तापिरहेको थिएँ। अचानक सुपर्णखा देखा परे। मुस्कुराउँदै उनले भने, ‘ए यहाँ पो रहेछन्, पूरा कोठा चोटा चाहारें। कतै कोही छैन। सबैतिर खुल्ला राखेर यहाँ ? कोही अरू पसेको भए तिम्रा कमाइ सबै उडाइदिन्थे।’

मैले भनें, ‘को पस्छ ? त्यत्रा रक्षक तैनाथ छन्, चौबिसैघण्टा। तिनले हाम्रो स्वीकृतिबिना कसैलाई ढिम्किन दिन्छन् र ?’‘खै मैले त कुनै रक्षक पनि देखिनँ’, उनको भनाइमा जिज्ञाशा बुझिन्थ्यो।

मैले मुस्कुराउँदै जवाफ दिएँ, ‘तिमी पनि कस्तो लाटो मान्छे। यो विज्ञानको चमत्कारी आधुनिक जमानामा देखिने गरी रक्षक बस्छन् त ? उनीहरू चौबिसैघण्टा क्यामेरामा हेरिरहेका हुन्छन्। एउटा चरा पनि तिनका नजरबाट उम्किन सक्दैन, मान्छे त के कुरा ? अब कुरो रह्यो सुन र नगदको। तिमी त आफ्नो मित्र हौ। तिमीलाई भनेर मेरो अहित हुँदैन। हेर, अचेल सुन सबै बैंकको लकरमा हुन्छ, नगद विदेशी खातामा। कसैले सुइँको पनि पाउँदैन।’

‘खै म त कतै कुनै अवरोधबिनै चोटा कोठा चहार्दै यहाँसम्म आइपुगें। के हेरे त ती रक्षकले ?’, उनले रक्षकको चनाखोपनप्रति आशंका व्यक्त गरे।

मैले भनें, ‘तिमी पनि साह्रै सोझो छौ। तिमीलाई मकहाँ र मलाई तिमीकहाँ कतै रोकतोक छ र ?’

उनले सजिलै भने, ‘पुस्तौंदेखिको सम्बन्धमा पनि त्यस्तो हुन्छ र ?’

मैले मुस्कुराउँदै जवाफ दिएँ, ‘अनि यो कुरा मेरा रक्षकहरूसबैलाई प्रस्ट रूपमा मैले भनेको छु। त्यसैले तिमी बेरोकटोक यहाँ घुस्न सक्छौ।’

उनले भने, ‘साँच्ची, म तिमीसँग एउटा गम्भीर विषयमा कुरा गर्न आएको थिएँ। म त्यस विषयमा अनुसन्धान गर्दैछु र त्यो विषयमा तिमीलाई पनि धेरै जानकारी भएकोले तिमीसँग पनि कुरा गर्न आएको।’

मैले सोधें, ‘के कुरा हो भनन।’

उनले सुरू गरे, ‘तिम्रा जस्ता नाम भएका यहाँ थुप्रै राजनीतिक पार्टी छन्। सबैको उद्देश्य एउटै देखिन्छ। तैपनि एउटै पार्टी एकै ठाउँमा समाहित हुन् किन नसकेको हो ?’

मैले सरल भाषामा उनलाई बुझाउन खोजें, ‘हेर, नाम उस्तै उस्तै भएर हुन्छ र, उद्देश्य पनि उस्तै लेख्दैमा हुन्छ र ? त्योअनुसार काम पनि गर्नुपर्‍यो नि। कोही नामका लागि मात्र नाम राख्छन्, कोही संशोधनवादी छन् त कोही प्रतिक्रियावादीका गोटी भएका छन्। हामी जस्तो क्रान्तिकारी तिनीहरू भएको भए पो एउटै पार्टी बनाउन हुन्थ्यो।’

‘हरेक पार्टीका नेताले आफू मात्र ठीक, आफू मात्र खाँटी सिद्धान्तवादी भन्छन्। अर्कोलाई अनेक विशेषण थोपरेर गाली गर्छन्। हामी जस्ता जनताले कसको कुरा ठीक ठान्ने, कसलाई पत्याउने ?’, उनले प्रश्न तेस्र्याए।

मैले मुस्कुराउँदै जवाफ दिएँ, ‘त्यो त काम हेरन। हामीले जस्तो क्रान्ति कसले गरेको छ ?’

मेरो कुरा पूरा हुन् नपाउँदै उनी गर्जिए, ‘हेर, मान्छे मार्नु नै क्रान्ति हो भने नेपालमा अहिले अस्तित्वमा रहेका पुराना राजनीतिक पार्टी कुन चैं छ जसले मान्छे मारेका छैनन् ? त्यसले तिनै पार्टीका नेता र केही पछुवाबाहेक कसको कल्याण भएको छ ? फेरि मान्छे मार्ने नै क्रान्तिकारी हुन्छ भने यो संसारमा सबैभन्दा क्रान्तिकारी सरकार अमेरिकी सरकार छ। त्यो सरकारले हिरोसिमा, नागासाकीमा नरसंहार गरेन कि भियतनाममा गरेन कि ! आधुनिक युगकै कुरा गर्ने हो भने पनि इरान, इराक, अफगानिस्तान मात्र हैन, भर्खरै पनि लेबनान, सिरियाको नरसंहारमा समेत त्यसको सिद्धहस्त चलायमान नैं छ। त्यसलाई फेरि तिमीहरू चैं क्रान्तिकारी मान्दैनौ। उल्टै अनेक नकारात्मक विशेषण थोपरेर गाली गर्छौ। तिमीहरूको क्रान्तिको परिभाषा मैले चैं बुझ्न सकिनँ।’

मैले संयम गर्दै भनें, ‘हेर, अरूको कुरा म गर्दिनँ। हाम्रै देशको कुरा गर्छु। हामीले देशमा कत्रो परिवर्तन ल्यायौं।’

फेरि मेरो कुरा सक्न नपाउँदै उनी गर्जिए, ‘के परिवर्तन ल्यायौ ? राजनैतिक ? त्यो पनि कसका लागि ? आफ्नो, आफ्नो सन्तान र हितैषीका लागि मनग्गे लुट्न छुट गरायौ। राजनीतिक अस्थिरता सिर्जना गर्‍यौ। आमजनताले के पायो ? युवालाई काम गरेर बस्ने, खाने व्यवस्था गर्न नसकेर विदेशीलाई बेचेर रकम कुम्ल्याउँदैछौ। यिनै परिवर्तनको लागि त रहेछ नि हैन तिम्रो परिभाषाको क्रान्ति ?’

मैले पनि अलि कडकएर भनें, ‘तिमी बहकियौ। यही हो तिम्रो अनुसन्धान ?’

उनले अलि नर्मिएर भने, ‘हैन, एउटै सिद्धान्त मान्ने भन्नेहरूबीच किन मेल हुँदैन, किन एकता हुँदैन, म भनिदिउँ ?’

मैले स्वाभाविक स्वरमा भनें, ‘ल भन त, म पनि सुनिहालौं, तिम्रा अनुसन्धानले के देख्दो रहेछ।’

उनले भने, ‘सबै मेचको खेल हो। सबैलाई ठूलो मेच चाहिएको छ।’

मैले मजैसित भन्दिएँ, ‘हो त्यही हो तिमीहरूले नबुझेको कुरा। खुब बुझें भण्ठान्छौ, चुरो–कुरो बुझेकै छैन।’

‘के चुरो–कुरो बुझ्नु पर्‍यो ? सिधासाधालाई छकाउन सिद्धान्त नमिलेको भनिदियो, ठूलो मेच बनाएर थच्चियो। अवकाश पनि कहिल्यै लिन नपर्ने क्या आनन्दको जागिर।’ उनले व्यंग्य कसे।

मैले मज्जाले जवाफ दिन लागेको थिएँ। बजार जानु भएको आमा टुप्लुक्क आइपुग्नु भयो। त्यसैले म चुप लागें। हाम्रो संवाद यहीं टुंगियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.