कृषि मन्त्रालयको अगाडि कर्मचारीहरूको धर्ना

कृषि मन्त्रालयको अगाडि कर्मचारीहरूको धर्ना
सुन्नुहोस्

काठमाडौं : कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै सोमबार पनि मन्त्रालयमा धर्ना दिएका हुन् ।

 २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्लानिङ अफिसरको रुपमा कार्यरत राजपत्रांकित तृतिय श्रेणीको अधिकृत माधव पौडेलले बताए।

चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरुले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरुको दाबी छ । सम्बन्धित निकायले आफूहरुको माग सम्बोधन गर्ने पहल नगरेमा आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.