प्रतिनिधिसभा बैठक

सरकारलाई प्रदीप पौडेलको प्रश्न : स्मार्ट लाइसेन्स छपाइमा किन ढिलाइ ?

सरकारलाई प्रदीप पौडेलको प्रश्न : स्मार्ट लाइसेन्स छपाइमा किन ढिलाइ ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले स्मार्ट लाइसेन्स वितरण प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्ष गराएका हुन्।

यातायात व्यवस्था विभागसँग लाइसेन्स  छाप्न एउटा मात्रै मेसिन रहेको बताउँदै उनले तत्काल प्रिन्टर र जनशक्ति थपेर छपाइको काम अगाडि बढाउनुपर्ने बताए। उनले स्मार्ट लाइसेन्स नहुँदा राजश्व भौचरको भरमा काम चलाउनुपर्ने बाध्यता भएको बताए।

'स्मार्ट लाइसेन्स दिने भनेर काम सुरू गरेको एक दशक भइसक्यो। अब छिटो छरितो हुन्छ भन्ने थियो। तर उल्टो भयो। ट्रायल पास भएको वर्ष दिनसम्म लाइसेन्स आउँदैन। आएकाको पनि फोटो  क्लियर नभएको र ट्राफिक चेकिङमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ। स्मार्ट लाइसेन्सको ठाउँमा राजश्व भौचरीले चलाउनुपर्ने व्यवस्था छ। लाइसेन्स भौचरीमा फोटो हुँदैन। भेरिफाइ कसरी गर्ने ?  दुरूपयोग हुने जोखिम हुन्छ। पुरानो भइसकेपछि अक्षर पनि अष्पष्ट हुन्छ। अनुगमन गर्न झनै गाह्रो हुन्छ। यातायात व्यवस्था विभागसँग लाइसेन्स  छाप्न एउटा मात्रै मेसिन छ। अधिकतम क्षमतामा छाप्दा मासिक सवा लाखदेखि डेढ लाखसम्म लाइसेन्स छाप्न सकिन्छ। हाल नै छपाइका लागि २० लाख बढी आवेदन परेको छ। आवेदन परेका लाइसेन्स छाप्न डेढ वर्ष लाग्छ नयाँ खोज्नेले कहिले प्राप्त गर्छन्,'उनले भने,'स्मार्ट लाइसेन्सको आवेदन दिने वेभसाइट बारम्बार ह्याक र क्रयास हुने गरेको छ। तत्काल समाधान गर्न प्रिन्टर र जनशक्ति थपेर छिटो छपाइ गर्न आग्रह गर्न चाहन्छु।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.