मन्त्रीहरूले दिए राजीनामा

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
तस्बिर : अन्नपूर्ण

हेटौडा : बागमती प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै वर्तमान सरकारमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।  सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर एमाले सरकारबाट बाहिरिएको हो । 

मुख्यमन्त्री जम्मकट्टेलको नेतृत्वको सरकारमा रहेका  बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया,वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ,खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रकाश श्रेष्ठ रहेका थिए  ।

एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नेपाली  र एमालेले नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.