ओली नेतृत्वको सरकारमा जान जसपा सकरात्मक, मन्त्रालय टुंगो लाग्न बाँकी

ओली नेतृत्वको सरकारमा जान जसपा सकरात्मक, मन्त्रालय टुंगो लाग्न बाँकी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा जाने तयारी गरेको छ। एमालेका अध्यक्ष ओलीको सरकारमा अशोक राई नेतृत्वको जसपा जान २ जना मन्त्रालय माग गरिरहेका छन्।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुँदा लिएका मन्त्रालय आफूले पाउनुपर्ने मागसहित एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समानान्तर संवाद अगाडि बढिरहेको जसपाका एक पदाधिकारीले अन्नपूर्णलाई जानकारी दिए। 

‘जसपालाई सरकारमा लान एमाले अध्यक्ष केपी शर्मा ओली जान तयार हुनुहुन्छ, अध्यक्ष अशोक राईले दुवै दलसँग समानान्तर संवाद जारी राख्नु भएको छ।’ जसपाका एक पदाधिकारीले भने,‘हामीले पुराना मन्त्रालय नै मागेका छौं। सरकारमा सकारात्मक भएकाले नै हामीले पनि पार्टी छलफल चलाएका छौं तर मन्त्रालय भागबण्डाको विषयमा भने प्रारम्भिक चरणमा छलफल भएपनि कुन-कुन मन्त्रालय पाउने टुंगो लाग्न बाँकी रहेको छ। उहाँहरुले हामीले मागेका मन्त्रालयभन्दा नयाँ मन्त्रालय लिएर सरकारमा जान आह्वान गर्नुभएको छ।’

जसपाका नेताका अनुसार मन्त्रालय टुंगो लागेपछि मात्र मन्त्रीबारे छलफल हुनेछ।

एमाले-कांग्रेस गठबन्धनले साना दललाई समेट्न ४/५ सांसद बराबर एक मन्त्रालय दिने संकेत गरेका छन्। यद्यपी आज एमाले र कांग्रेसका मन्त्रीले मात्र सपथ लिने बताइएको छ।

यस अगाडि जसपाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय  र वन तथा वातावरण मन्त्रालय लिएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि स्वास्थ्यमन्त्री बनेका प्रदीप यादव र वनमन्त्री नवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाउँदै जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.