चिनियाँ राजदूतलाई गृहमन्त्रीको आश्वासन- नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन दिन्नौं

चिनियाँ राजदूतलाई गृहमन्त्रीको आश्वासन- नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन दिन्नौं
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सोमबार दिँउसो सिंहदरबारस्थित गृह मन्त्राल पुगेर राजदूत सोङले भेटवार्ता गरेका हुन्।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने बताए। उनले नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताए। राजदूत सोङले नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधिहरू भइरहेको घुमाउरो पारामा गुनासो गरेपछि गृहमन्त्रीले यस्तो प्रतिवद्धता जनाएका हुन्।

राजदूत सोङले पनि नेपाल र चीनबिचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने बताए। नेपाल र चीनबीच साँस्कृतिकलगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनको भनाइ थियो।

त्यसैगरी राजदूत सोङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारेका थिए। अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.