सेयर बजारमा उछाल

नेप्से परिसूचक २५ सय विन्दुमाथि, १४ अर्ब ११ करोडको कारोबार

नेप्से परिसूचक २५ सय विन्दुमाथि, १४ अर्ब ११ करोडको कारोबार

काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार सेयर बजारमा उछाल देखिएको छ।  नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स २.३१ अंकले बढेर ४५९.१९ विन्दुमा पुगेको छ।

यसदिन ३१७ स्क्रिप्सको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख  ३० हजार ९९५ रुपैयाँमा खरिदबिक्री भयो। उच्च अंकले बढेको सेयर बजारमा आधा दर्जन बढी कम्पनीको कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल (बालाजु),समृद्धि फाइनान्स,मण्डु हाइड्रोपावर,हाथवे इन्भेस्टमेन्ट,नेपाल वेयरहाउजिङ कम्पनी र साहस उर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज  गणपति लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ५.८३  प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड ६९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी अपी पावरको २४ करोड २६ लाख,हिमालयन रिइन्स्योरेन्सको २३ करोड,साइन रेसुंगा डेभलपमेन्टको २१ करोड र नगदी ग्रुपो २० करोड बढीको सेयर कारोबार भयो।

सबै समूहको उपसूचकमा हरियाली छाएको छ। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ५.०६ प्रतिशतले बढ्यो। कारोबारमा आएका २२० स्टकको मूल्य बढ्दा १९ वटाको घट्यो । बाँकी ३ स्टकको मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.